काठमाडौं । नेपाली कांग्रेसले एकसय दिने देशव्यपाी अभियान चलाउने भएको छ ।
अभियान अन्तर्गत सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ ।
त्यसैगरी, अभियानमा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग कांग्रेस महामन्त्री गगन थापाले बताएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि सबै जिल्लामा यसअघि नै फारम पठाइसकेको छ ।
२०७८ मा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ४६ हजार सात सय २९ जना क्रियाशील सदस्य थिए ।
Categorized in राष्ट्रिय