१३ बैशाख २०८१, बिहिबार
Header

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराईन


प्रकाशित: बुधवार, ४ माघ २०७९, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवार दर्ता गराएका छन ।

 
कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेको नाम दर्ता गराएका छन । बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई चयन गरेको थियो ।


उम्मेदारी दर्ता गरेपछि पत्रकारहरुको जिज्ञासमा उनले आफू निर्वाचित भएपति तटस्थ रुपमा रहेको आफ्नो भूमिका निर्वाह गर्ने वताएकी छिन ।


उनको प्रस्तावकमा  कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्।


कांग्रेसले कांग्रेसले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका विपक्षी दलसँग छलफल गरेको थियो । 


प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन ।  


भोली सभामुखको निर्वाचन हुने कार्यतालिका छ । संघीय संसद सचिवालयले ११ बजे प्रतिनिधिसभाको बैठक बोलाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD