काठमाडौं । नेपाली कांग्रेसले सुरक्षाकर्मी कल्पना खड्कालाई आक्रमण गर्ने आक्रमणकारीलाई अविलम्ब कार्वाही गर्न माग गरेको छ ।
चितवनको भरतपुर नगरपालिका–१२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा ड्युटीमा कार्यरत खड्कालाई पट्रोल छर्केर आगो लगाई घाईते बनाएको थियो ।
प्रमखु सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ती जारी गरी उपचाररत सुरक्षाकर्मी कल्पना खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अक्रमणकारीलाई आवश्यक कानूनी कारवाही गर्न र पीडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
Categorized in समाज