काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकरी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरएको छ ।
शनिवार पार्टी कार्यलय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमाणपत्र प्रदान गरेका थिए ।
गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन ।
महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचित भएका हुन ।
यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एकरएक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो ।
कांग्रेस विधान अनुसार कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ साथै सभापतिले थप ३३ सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ ।
Categorized in राष्ट्रिय