८ बैशाख २०८१, शनिबार
Header

कांग्रेसको समानुपतिक उम्मेदार बन्न चार मापदण्ड 


प्रकाशित: बुधवार, २९ भाद्र २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार चयन गर्न चार वटा मापदण्ड निर्धारण गरेको छ । 


स्थानीय तह निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फ उम्मेदवार नबनाउने भएको छ ।


दोस्रोमा २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्तिलाई फेरि उम्मेदवार बन्न नपाउने । 


तेस्रोमा उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा र्पुयाएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइने जनाएको छ ।


चौथो बुँदामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिन भनिएको छ ।


कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो मापदण्ड निर्धारण गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD