काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन । पाँचथरका ६१ वर्षीय आङ्देम्बे समानुपातिकतर्फबाट सांसद भएका हुन ।
उनी निवर्तमान सहमहामन्त्री हुन । यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दैआएका थिए ।
सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन ।
कांग्रेसको संसदीय दलको नेतामा दुई महिना लामो रस्साकस्सी चलेको थियो ।
अन्ततः आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।
यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दैआएका थिए । सोही कारण सहमति जुट्न सकस भएको थियो ।
Categorized in राष्ट्रिय