काठमाडौं । नेपाली कांग्रेसको आईतबार वसेको केन्द्रिय समितिको बैठकले संशोधित विधान बहुमतबाट पास गरेको छ ।
तर सभापति शेरबहादुर देउवाले महासमितिमा दिएको बचन भने पुरा नभएको केन्द्रिय सदस्य गगन थापाले बताए ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले परिमार्जनसहित विधान पास गर्ने प्रस्ताव गरेपछि सो विधान उपर निर्णय लिएको हो ।
महासमितिका सदस्यहरुको माग अनुसार केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक तहमा एक पटक मात्र हुनुपर्ने थियो तर त्यो माग भने पुरा भएन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले भने फरक मत राखेका छन ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति सदस्यलाई धोका दिन नसक्ने भन्दै फरक मत लेख्ने बताए । नेता कृष्ण सिटौलाले बैठक बस्नुअघि भएका सहमति प्रयासबारे जानकारी गराए ।
तर, देउवा पक्षीय नेताहरुको दबावका कारण बहुमतबाट केन्द्रीय सदस्यहरु स्वतः महाधिपेशन प्रतिनिधि हुन पाउने र आरक्षणमा पनि सीमा नरहने गरी बहुमतले विधान पास भएको छ ।
निर्णयमा पौडेलसँगै सिटौला, केसी, डा. रामशरण महत, नविन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङलगायतका नेताहरुले फरक मत राखेका छन ।
त्यसैगरी बैठकमा हिन्दु राष्ट्रबारे महासमितिले विरोध गरेका छन । केन्द्रीय सदस्यहरु शंकर भण्डारी, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडूलगायतले हिन्दु राष्ट्रबारे फरक मत राखेका हुन ।
नेता गगन थापाले भने महासमितिमा बहुसंख्यक जनजाति प्रतिनिधिहरुले पार्टी कुनै एउटा धर्मको पक्षमा उभिए आफूहरु नटाउन नसक्ने धारणा आएको स्मरण गराए ।
Categorized in राष्ट्रिय