काठमाडौं । नेपाली कांग्रेसले विप्लव माओवादीका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्युको विषयमा जवाफ दिएका छन ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतन्त्रको रक्षाको गर्न लागि भएको फाईरिङमा पौडलेको मृत्यु भएको स्पष्टिकरण दिएका छन ।
मंगलवारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै सरकारको जवाफ मागेपछि थापाले सो जवाफ दिएको हो ।
गृहमन्त्री थापाले सदनलाई जवाफ दिँदै राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको रिपोर्ट बुझाएको बताए ।
असार ५ गते गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको र त्यसक्रममा पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको छानविन समितिको रिपोर्टमा उल्लेख रहेको उनले बताए ।
तर विपक्षीदल कांग्रेस, सत्तारुढलकै नेताहरुले पौडेलको दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिई हत्या भएको भन्दै चर्को आलोचना गर्दै आएको छ ।
सरकारले भने सो घट्नामा दोहोरो भिडन्तमै मारिएको दावी गरिरहेको छ । यसै सन्दर्भमा मंगलावार गृहमन्त्री थापाले सदनलाई जवाफ दिने क्रममा शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना घटेको बताउँदै सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले चदम चालेको बताए ।
गृहमन्त्रीको यस अभिव्यक्तिप्रति कांग्रेसका प्रमुख सचेतक बालृकष्ण खाँडले लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भन्नु आपत्तिजनक भएको बताए ।
Categorized in राष्ट्रिय