७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

कांग्रेसको पलेशालाई ५ लाख नगदसहित सम्मान 


प्रकाशित: आइतवार, २३ भाद्र २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । फ्रान्सको पारालिम्पककमा नेपाललाई कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ ।


आइतवार सानेपास्थित कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । 


सम्मानपछि सभापति देउवाले सभापति देउवाले पारालिम्पिकमा पहिलो पटक नेपाललाई कास्य पदक जिताएकोमा खेलाडीहरूलाई बधाई दिएका थिए ।


त्यसैगरी, सो अवसरमा खेलाडी भरतसिंह महतालाई ५० हजार र प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो । 


पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन ।


उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex