काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा कांग्रेस पदाधिकारीहरुको संख्या १३ पराउने सहमति जुटेको छ ।
सहमति अनुसार एक सभापति, २ उपसभापति, २ महामन्त्री र ७ महामन्त्री र कोषाध्यक्ष रहने छन् ।
सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।
काग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलविच शुक्रवार नयाँ सहमित भएको । सबै पदाधिकारिहरु महाधिवेशनबाट निर्वाचित भएर आउनु पर्नेछ ।
कोषाध्यक्षको हकमा निर्वाचित केन्द्रिय सदस्यलाई सभापतिले प्रस्ताव गरेपछि केन्द्रिय समितिको बैठकले चयन गर्नेछ ।
शनिवारसम्म महासमितिको बैठक चल्ने एक नेताले बताएको छ ।
Categorized in राष्ट्रिय