काठमाडौं । नेपाली कांग्रेसले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिवार सानेपास्थित कार्यलयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले एक कार्यक्रमविच घोषणापत्र सार्वजनिक गरेको हो ।
आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना एजेण्डाहरु समिटिएको यस घोषणापत्रमा संविधानसभा विघट्न नगर्ने प्रतिज्ञा गरिएको छ ।
यस अघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान विघटन गरेपछि आएको संवैधानिक जटिलताको कारण देखाउँदै कांग्रेसले संसद विघटन नगर्ने बताएको हो ।
घोषणापत्र ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको उपचार निःशुल्क गर्ने, संघीय संसद र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुनहरु एक वर्षमा बनाउने, सार्वजनिक पद धारणा गरेको व्यक्तिमाथि भ्रष्टाचार, सामाजिक विचलन वा फैजदारी कसुरको आरोप लागेमा तत्काल पदमुक्त गरी छानबिन गर्ने, संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब गर्ने प्रतिज्ञा गरेको छ ।
साथै उसले सार्वजनिक खर्च पुनरावलोकन आयोगको अध्ययनहरुका आधारमा अनावश्यक विभाग र संस्थानहरु खारेज गर्ने, सार्वजनिक संस्थानहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने लगायतका प्रतिज्ञा पनि घोषणापत्रमै गरेको छ ।

उक्त घोषणापत्रबारे अर्थविद् डा. स्वर्णीम बाग्लेले विस्तृतरुमा व्याख्या गरेका थिए भने घोषणापत्रका मस्यौदाका संयोजक तथा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र निर्माणमा युवा, अनुुभवी, अर्थशास्त्री, विज्ञ, विदेशमा रहेकाहरुबा आएको परामर्शहरुलाई समेटेर निर्माण गरेको बताएका थिए ।
घोषणापत्रको पूर्ण पाठ
Categorized in राष्ट्रिय