१४ बैशाख २०८१, शुक्रबार
Header

कांग्रेसको काठमाडौं महानगर सभापतिमा शाक्य र रन्जितको प्रतिस्पर्धा


प्रकाशित: विहिवार, १४ असोज २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्य र प्रगतिमान रञ्जित विच प्रतिस्पर्धा हुने भएको छ । 


काठमाडौ महानगरपालिका २५ वडा अध्यक्ष समेत रहेका शाक्य सेतो मच्छिन्द्रनाथको पुजारी समेत हुन भने रञ्जित तरुण दलका पूर्व केन्द्रिय सदस्य तथा तरूण दल काठमाडौंका संस्थापक सभापति समेत हुन । 


यस प्रतिस्पर्धामा शाक्य र रञ्जितले सभापति जित्ने विश्वास व्यक्त गरेका छन । शाक्यले आफूले जिते काठमाडौंलाई थप व्यवस्थित गर्ने बताएका छन भने रन्जितले आफू सभापति जितेमा नयाँ पुस्ताको साथ लिएर पार्टीलाई सुदृढ बनाउने योजना रहेको बताएका छन । 

 


यस अधिवेशनमा शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र रञ्जितलाई केन्द्रीय सदस्य भीमसेनदान प्रधानको समर्थन छ । 
असोज १६ गते शनिवार काठमाडौंमा गाउँरनगरको अधिवेशन हुँदैछ । काठमाडौंमा ११ वटा स्थानीय तह छ । 


महानगर सभापति र कार्यसमिति चयन गर्न १३८ वडाका सभापतिहरू र ती वडाबाट आएका क्षेत्रीय प्रतिनिधि मतदाता हुन्छन । 


काठमाडौं महानगरमा कांग्रेसका करिब २० हजार क्रियाशील सदस्य छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD