८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कांग्रेसको ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समिति सभापति बनाउने निर्णय


प्रकाशित: मंगलवार, १० भाद्र २०८२, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेको छ ।


आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेको नाममा सहमति जनाएको हो ।


उनी यसअघि संयुक्त संसदीय सुनुवाइ समितिका सभापति समेत रहेका छन ।


राज्यव्यवस्था समितिको सभापतिमा मनोनयन कार्यक्रम आज दिउँसो १ बजेदेखि तोकिएको छ ।


यसअघि, निजामती सेवासम्बन्धी विधेयकमा समावेश गरिएको कुलिङ पिरियड प्रावधानमा गडबडी भएको विषयमा गठित जीवन परियार नेतृत्वको छानबिन समितिले तत्कालीन सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवार ठहर गरेको थियो । 


सो निर्णय सार्वजनिक भएपछि खतिवडाले राजीनामा दिएका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex