काठमाडौं । नेपाली कांग्रसका ६ नेता आन्तरिक छलफलमा जुटेका छन ।
सभापति शेरबहादुर देउवा निटकका कांग्रेसका पूर्वपदाधिकारीहरूले आइतबार सानेपामा छलफल गरेका हुन ।
छलफलमा कांग्रेसका पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्व महामन्त्रीद्धय कृष्णप्रसाद सिटौला, शंशाक कोइराल र प्रवक्ता डा. रामशरण महत उपस्थित थिए ।
बैठकमा भावी अधिवेशन र वर्तमान राजनीतिक विषयमा छलफल भएको बैठकमा उपस्थित एक नेताले बताए ।
१५औं महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार बन्न नमिल्ने भएपछि भावी सभापति को बन्ने विषयमा कांग्रेस भित्र आन्तरिक छलफल चल्न थालेको छ ।
कांग्रेसको विधानमा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन नपाउने’ व्यवस्था गरिएको छ ।
कांग्रेस विधानले केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको तोकेको छ ।
शेरबहादुर देउवा ०७८ मंसिरमा १४ औं महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन् । विधानअनुसार ०८२ मंसिरभित्र महाधिवेशन हुनुपर्नेछ । तर विधानमा एक वर्ष बढाउन मिल्ने प्रबन्ध राखिएको छ । यस हिसाबले ०८३ मंसिरभित्र महाधिवेशन गराउनुपर्ने देखिन्छ ।
संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थालाई टेकेर हेर्ने हो भने थप ६ महिना समय उपलब्ध हुन सक्छ । संविधानको धारा १६९ को उपधारा ४ (ख) ले साढे पाँच वर्षभित्र महाधिवेशन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
यो हिसाबले ०८४ को जेठभित्र १५ औं महाधिवेशन गर्न नसके कांग्रेस दलमाथि नै संवैधानिक संकटको प्रश्न उठ्ने छ ।
अहिले पार्टी सभापतिका लागि मुख्य गरी नेता शेखर कोइराला र महामन्त्री गगन थापा मैदानी दौडधुपमा देखिएका छन् ।
Categorized in राष्ट्रिय