१० भाद्र २०८३, बुधबार
Header

कांग्रेसका मन्त्री फिर्ता बोलाउने गगनको प्रस्ताव, एकलौटी सरकार चलाउ


प्रकाशित: आइतवार, १४ असोज २०८०, २२ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्ड सरकारबाट कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाउने प्रस्ताव अघि सारेका छन ।


आईतवार नेपाली काग्रेस रुपान्तरण अभियान बागमति प्रदेशले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै अहिलेको सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव गरेको हो । 


उनले अबको दुई–अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिने र बाँकी दुई–अढाई वर्ष कांग्रेसले एक्लै सरकार चलाउने प्रस्ताव राखेका छन । 


गठबन्धनको राजनीतिबारे नयाँ ढंगले छलफल गर्नुपर्ने भन्दै उनले भने, ‘कांग्रेसको सबै मन्त्री फिर्ता बोलाऊँ । दुई अढाई वर्ष मोर्चालाई चलाउन दिऊ ।’


सत्तारुढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने पालो हो । 


उनले नेपाली कांग्रेसका पार्टी सदस्यताबारे पनि चर्चा गरेका थिए । २०८१ सालभित्र पार्टीको सदस्यता बारे कुरा नहुने दावी गरेका छन ।

 
अहिले पार्टी सदस्यता अनलाईन गरेको जानकारी दिँदै अबको नेतृत्व नेताले होइन कार्यकर्तालेनै चयन गर्ने प्रणालीको विकास गर्ने उनले बताए । 


सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, प्रदिप पौडेल, दिलेन्द्र बडु लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex