काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम संघीय संसद प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकाको वडा १० बानेश्वरस्थित छक्कुपक्कु पार्कमा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गरेका छन ।
विहिवार नेता सिंहले शालिक अनावरण गर्दै पूर्वमन्त्री भट्टराईको राजनीतिक आदर्श सबैका लागि सिकाइ भएको बताए । उनले विधिको शासन र राजनीतिक मूल्य स्व. नेता भट्टराईको चिनारी भएको उल्लेख गरे ।
कार्यक्रममा नेता राधेश्याम अधिकारी, कार्यक्रममा वडा १० का अध्यक्ष रामकुमार के.सी.,स्व भट्टराईका भतिज एवं कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव बिनोद भट्टराईसहितका वक्ताहरले उनको राजनीतिक जीवनका विषयमा चर्चा गरेका थिए ।
शालिक धनबहादुर याख्खाले बनाएको हो । ढलोटबाट निर्माण गरिएको शालिक र यसलाई राख्ने आसनसहित करीब १० लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष के. सी ले जानकारी दिए ।
कार्यक्रममा मूर्तिकार याख्खालाई सम्मान सम्मान गरिएको थियो ।
Categorized in समाज