काठमाडौं । बहुमूल्य कोहिनूर हीराको बारेमा अनेक चर्चा सुन्ने गरिन्छ । ईतिहास अनुसार भारतको आन्द्रप्रदेशको कृष्णा नदी नजिक कुल्लूर खजानमा भेटिएको हो ।
महाभारतकालमा अर्थात ५ हजार बर्ष पहिले कोहिनूर हीरा भेटिएको तत्कालिन भारतको ईस्टईण्डिया कम्पनीको निर्देशकले सन् १८५० मा नोट गरेको चर्चा पाईन्छ ।
हीराको तौल ७९३ ५÷८ ( पाँच वाई आठ ) क्यारेट भएको बताईएको छ । ईतिहास अन’सार यस हीराको बारेमा सबैभन्दा पहिले बाबरको आत्मकथा ‘बाबरनामा’ भेटिएको थियो ।
बाबरले सो आत्मकथामा उल्लेख गरे अनुसार उनको छोरा हुंमायूले पानीपतको लडाईमा सुल्तान ईब्राहिम लोदीलाई हराएर आगरा किलाको सबै सम्पती कब्जा गरेपछि ग्वालियरका राजाले हुंमायूलाई एक ठूलो हीरा भेट दिएको थियो ।
यो हीरा पछि १७३९ फारसका शाह नादीरले मुगल सुल्तान मुहम्मद शाहबाट सो हीरा पाएपछि नादिर शाहले नै सो हीराको नाम कोह—ए—नूर अर्थात प्रकाशको पहाड राखेको थियो ।
नादीर शाहको हत्यापछि सो हीरा अहमद शाह दुर्रानीको कब्जामा आयो तर शाह दुर्राका छोरा शाह सुजा जेलमा परेको बेला सिख महाराजा रणजीत सिंहले अहमदको परिवारलाई भाखभोखै राखेर हीरा रणजीत सिंहले हासिल गर्यो ।
सिखहरुको पराजयपछि हीरा ईष्ट ईण्डिया कम्पनीको हातमा लाग्यो । कम्पनीले बेलायतका महारानीलाई खुसी पार्न २९ मार्च १८४९ मा कोहिनूर हीरा महारानी भिक्टोरियालाई भेट दियो । त्यसपछि महारानीले सो हीरालाई आफ्नो ताजमा लगाएपछि त्यहीबेला देखि कोहिनूर बेलायतमा रहेको छ ।
स्रोत ः विविसी हिन्दी
प्रकाशित मिति ः २०७४ चैत्र १५ गते विहिवार १०ः०१ बजे
Categorized in राष्ट्रिय