२६ बैशाख २०८१, बुधबार
Header

कस्मिरको ‘लाइन अफ कन्ट्रोल’गोली हानाहान, ८ जनाको मृत्यु


प्रकाशित: विहिवार, ३० साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । कस्मिको ‘लाइन अफ कन्ट्रोल’मा विहिवार साँझ भारतीय र पाकिस्तानी सेनाविच गोली हानाहान भएको छ । 


उक्त दोहोरो गोली हानाहानमा ५ जना भारतीय र ३ जना पाकिस्तानी सैनिक मारिएका छन । 


पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले ट्वीट गर्दै दोहोरो गोली हानाहानमा आफ्ना तीन जना पाकिस्तानी सेनाले सहादत प्राप्त गरेको उल्लेख गरेको छ । 


प्रवक्ता आशिफका अनुसार पाकिस्तानी सेनाका नायक तन्धिर, लान्से नायक तैमुर र सेपोय रमाजनको मृत्यु भएको उनको ट्वीटमा उल्लेख छ । 


गफुरले आफ्नो ट्वीटमा जवाफी आक्रमणमा पाँच भारतीय सैनिक मारिएको लेखेका छन । 


भारतले जम्मु कस्मिरलाई दिएको विशेष मान्यता खारेज गरेर जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्र शासित क्षेत्रमा बाँडेपछि दुवै देशविच तनाव उत्पन्न भएको छ । 


पाकिस्तानले सो निर्णयको कडा रुपमा भत्र्सना तथा विरोध गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD