२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कस्तो बन्ला आधुनिक धरहरा ? धरहराको बचेको भाग स्मारकको रुपमा राखिने


प्रकाशित: आईतबार, २४ भाद्र २०७५, १९ः४५ बजे
- महानगरखबर

काठमाडौं । धरहरा पुर्ननिर्माणको ठेक्का प्रक्रिया सकिएसँगै अब बन्ने आधुनिक धरहरा कस्तो बन्ला भन्ने कौतहलता हामी सबैमा छ । 


राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार धरहरा पुर्ण रुपमा भुकक्म प्रतिरोधक बन्नेछ । भुमिगत पार्किङ, बगैचा, अपांगमेत्री तथा आकर्षक डेकुरेशनसहितको २२ तलाको धराहरा बन्ने भएको छ । 


प्राधिकरणको डिजाइन अनुसार भुमिगत तलाबाट लिफ्टबाट २२ तले धराहरा चढ्न सकिने छ । धरहराको २० औं तलामा अब्जरभेसन डेकु निर्माण गरिनेछ । यहाँबाट काठमाडौं उपत्यका दृश्यावलोकन गर्न सकिनेछ । 


धराहरामा आगुन्तकका लागि दुई वटा लिफ्ट राखिने भएको छ जसमा ८ जना चढ्ने र ८ जना ओराल्न मिल्ने गरी बनाईने भएको छ । धराहराको १० औ तल्लामा भने मिनि थिएटर हुनेछ जस्मा धराहराको ईतिहासबारे प्रोजेक्टरबाट जानकारी दिईनेछ ।

 
धराहरा प्रवेशद्धारामै ५० फिट अग्लो पानिको फोहरा राखिनेछ । त्यसैगरी, धरहरामा संग्राहालय पनि निर्माण गरिनेछ जसमा पुरानो सिक्का छाप्ने मसिन राखिनेछ । 


धरहरा अवलोकनका लागि आउनेहरुको लागि वरिपरि क्याफे, कफि सप र रेष्टुरेन्ट पनि हुनेछ ।  


विनाशकारी भुकम्पबाट ध्वस्त भएको धरहराको बचेको भागलाई स्माकरको रुपमा राखिने भएको छ । यसको सुरक्षा निम्ति टेम्पर्ड ग्लासले छोपिने प्राधिकरणले जनाएको छ । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आह्वान गरेको टेन्डरमा जिआइइटिसी–रमन जेभीले सबभन्दा कम ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा बनाउन कबुलेको हो ।  


प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रुपमा विकास गर्ने गरी लिइसकेको छ । 


अब धराहरा क्षेत्रले ४२ रोपनी क्षेत्र ओगोट्ने छ । यस अघि ५ रोपनीमा सिमित रहेको थियो ।  


विक्रम सम्बत् १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप यो स्मारक निर्माण गरेको भनाइ छ । त्यतिबेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो ।  त्यसपछि नौ तला पुनर्निर्माण गरिएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex