काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको बताएका छन ।
आईतवार राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले भने,‘अहिले स्थिरताको स्थिति हो, कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेन ।’
प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको पनि जिकिर गरेका छन । उनले संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन, अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन ।
आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उनको आरोप पनि लगाए ।
संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखे र आफूले कुनै गल्ती गरेको भए जनताले दण्डित गर्ने भन्दै उनले निर्वाचनमा जान आग्रह गरे ।
प्रम ओलीले संसद विघटन राजनीतिक निर्णय भएको भन्दै उनले त्यसविरुद्ध परेको रिट खारेज हुनुपर्ने दाबी गरे ।
Categorized in राष्ट्रिय