६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कसको भागमा कुन मन्त्रालय ?


प्रकाशित: विहिवार, १६ चैत्र २०७९, १७ः३० बजे
- महानगरखबर

काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल नेतृत्व गठबन्धन सरकारकारले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको समाचार छ । 


गठबन्धन दलहरुको बैठकले मन्त्रालयको भागबण्डा टुंगाएसँगै मन्त्रालयहरुको पनि बाँडाफाँड गरेको अनौपचारिक जानकारी बाहिर आएको छ ।


आठ वटा मन्त्रालय पाएका नेपाली कांग्रेसको भागमा अर्थ, पराराष्ट्र, रक्षा, भूमि व्यवस्था, स्वास्थ्य, कानुन र सहरी विकास मन्त्रालय पाउने भएको छ ।


त्यसैगरी, ५ वटा मन्त्रालय पाएका नेकपा माओवादी केन्द्रले गृह, उर्जा, सञ्चार, पर्यटन र महिला तथा बालवालिका मन्त्रालयको जिम्मेवारी लिने बुुझिएको छ । 


२ मन्त्रालय पाएका एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार र वन मन्त्रालय, एक मन्त्रालय पाएका नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने छन ।


जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने भएको छ ।


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex