१४ बैशाख २०८१, शुक्रबार
Header

कश्मीर मामिलामा पाकिस्तानद्वारा नेपालको सहयोग माग


प्रकाशित: शुक्रवार, ६ भाद्र २०७६, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कश्मीर मामिलामा सहयोगको माग गरेका छन । 


ज्ञवालीलाई टेलिफोनमार्फत कश्मीरको पछिल्लो अवस्थाको जानकारी गराउँदै सिमामा बढ्दो तनावमा नेपालमा भूमिका खोजेको छ । 


बिहीबार परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीसँगको फोन बार्तामा ज्ञवालीले कश्मीर समस्याको हल दुवै देशबीचको संवादबाट निकाल्नुपर्ने बताएको सुझाव दिएका थिए । 


ज्ञवालीले नेपालले कश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र आफूहरु क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको मन्त्री ज्ञवालीले बताएका थिए ।


भारत प्रशासित काश्मीरको स्वायत्तता खोसिएपछि सिमा क्षेत्रमा तनाव सिर्जना भएको छ ।  पाकिस्तानले भारतको सो कदमको कडा विरोध गर्दै अन्तर्राष्टिकरण गर्न खोजिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD