८ बैशाख २०८१, शनिबार
Header

कश्मिर अशान्त, नेताहरु घरमै नजरबन्द, सञ्चार सम्बन्ध बिच्छेद


प्रकाशित: सोमबार, २० साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । कश्मिरमा हिंसा भड्कने खतरालाई मध्यनजर राख्दै भारत सरकारले सञ्चार सम्बन्ध बिच्छेद गरिदिएको छ भने नेताहरुलाई घरमै जनरबन्द गरेको छ । 


विविसीका अनुसार भारत शासित कश्मित यतिखेर अशान्त देखिएको छ । सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ भने विपक्षी नेताहरुलाई घरमै नजरबन्द गरेर राखेको छ । 


श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द राखिएको हो । 


अहिले राजधानी श्रीनगरमा अनिश्चिनकालीन कफ्र्यु आदेश जारी गरिएको छ । कश्मिरका सबै शिक्षण संस्था बन्द छ भने आवाजावतमा पूर्ण रोक लगाएको छ । 


सरकारले अमरनाथ गुफा दर्शनका लागि पुगेका हजारौं भक्तजन र पर्यटकलाई तत्काल कश्मिर घाटी छाडेर जान आग्रह गरिएको थियो ।


कश्मिरमा उग्रपन्थी मुस्लिम संगठनले आक्रमण गर्ने सूचना फैलिएपछि प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाएको हो । हिन्दू भक्तजनमाथि लक्षित गरी अमरनाथ यात्राका क्रममा हिंसा भड्काउने सूचनापछि सरकारले सुरक्षा बल थपेको थियो ।


यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पछिल्लो अवस्थालाई लिएर सोमवार विहान मन्त्रिपरिषद बैठक बोलाएका छन भने पाकिस्तानमा पनि संसदीय समिति बैठकमा यो विषयमा छलफल हुँदैछ ।


कश्मिरको स्वतन्त्रतालाई लिएर भारत र पाकिस्तानबीच बिगत ७० वर्षदेखि लडाइ चलिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD