२२ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कवाड व्यवसायीको सामान जफत गरेको भन्दै सांसदको आपत्ति


प्रकाशित: शुक्रवार, २५ माघ २०८१, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेको कवाड व्यवसायीहरुको सामान जफत, तोडफोड भएको विषयमा प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गराइएको छ ।

 
शुक्रबार नेपाली कांग्रेसकी सांसद नागिना यादवले कवाड व्यवसायीमाथि अराजक गतिविधि भइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराएकी हुन । 


कर तिरेर व्यवसाय सञ्चालन गर्दै आउँदा पनि महानगरले कवाड व्यवसायीलाई तोडफोड, सामान जफत गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन् ।


प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कवाड व्यवसायीमाथि भइरहेका यस्ता गतिविधि रोक्नसमेत आग्रह गरिन् ।


उनले भननि, ‘एक आख मानिस प्रत्यक्ष रोजगारमा जोडिएका छन् । देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका रहेको छ । वातावरणीय सरसफाइमा पनि ध्यान दिएको छ ।’


‘कानुन बमोजिम दर्ता भइ आफ्नो पेशा/व्यवसाय दर्ता गर्दै आएका कवाड व्यवसायीमाथि भइरहेका यस्ता खालका अराजक गतिविधिको रोक लगाइ कवाड व्यवसायीको जिउधनको सुरक्षा माग गर्दै स्वतन्त्र रुपमा आफ्नो पेशा/व्यवसाय गर्न पाउने हकका लागि सभामुखमार्फत सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन् ।

 

7 Ferbury 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex