काठमाडौं । कवाडी व्यवसायी संघर्ष समितिले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यालय घेराउ गरेको छ ।
व्यवसायीहरूले संविधानले प्रदान गरेको पेसा व्यवसाय गर्ने हकलाई सुनिश्चित गर्न माग गर्दै महानगरको व्यवहारविरुद्ध आन्दोलित भएका हुन ।
समितिले काठमाडौं महानगरबाट कवाड व्यवसायी, संकलक र मजदुरमाथि कुटपिट, ज्यादती तथा संरचना भत्काउने कार्यहरू भइरहेको भन्दै तत्काल रोकिनुपर्ने माग राखिएको छ । साथै, यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने व्यवसायीहरूको माग छ ।
यसबाहेक, कवाडी व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको समाजले जनाएको छ ।
विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाडी व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति तत्काल दिनुपर्ने मागसमेत व्यवसायीहरूले अघि सारेका छन ।
Categorized in पालिका