२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कला महोत्सव उपराष्ट्रपति पुनद्वारा उद्घाटन, ५ दिनसम्म कला नगरी महोत्सवमय हुने


प्रकाशित: बुधवार, १३ चैत्र २०७५, २१ः०० बजे
- महानगरखवर

काठमाडौँ । कला नगरी ललितपुर महानगरपाकिलामा बुधवारदेखि सुरु भएको ‘कला तथा संस्कृतिक महोत्सव २०७५’को उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन ।


उपराष्ट्रपति पुनले कला संरक्षण र संवद्र्धनमा तीन तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै यूवा पुस्तामा हस्तकलालगायत पुख्र्यौली पेशाप्रतिको आकर्षण कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । 


ललितपुर महानगरपालिका वडा नं १६ को आयोजना ५ दिन सम्म चल्ने सो महोत्सवमा महानगरपालिका ‘कला नगरी’ घोषणा हुनु कला संरक्षणका लागि अवसरसमेत बनेको उपराष्ट्रपति पुनले बताए । 


महानगर प्रमुख चिरीबाबु महर्जनले ३५औँ ‘कला नगरी’ का रुपमा घोषणा हुनु ललितपुर महानगरपालिकाका लागि अवसर र चुनौती दुवै भएको बताए । 


प्रमुख महर्जनले कला र संस्कृतिलाई यहीरुपमा जोगाई राख्न नसके भविष्यमा  खतराको चिह्न (डेन्जर जोन) मा पर्न सक्ने आफ्नो चिन्ता रहेको भनाई राखे ।


त्यसैवर नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाई श्रेष्ठले महानगरभित्रका कला र संस्कृतिको विकासमा महासङ्घले महानगरपालिकासँग सहकार्य गर्ने उल्लेख गरेका थिए ।


महोत्सवका संयोजक एवम् ललितपुर वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले महोत्सवले वडाभित्रका सबै संस्कृति र स्मारक समेट्ने जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex