८ भाद्र २०८३, सोमबार
Header

कलाकार सुदर्शन राजोपाध्याय ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’बाट सम्मानित हुने


प्रकाशित: आईतबार, २२ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । वरिष्ठ कलाकार सुदर्शन राजोपाध्याय ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’सम्मानित हुने भएको छ । 


भारतको प्रसिद्ध एनआरवी फाउन्डेसन र भव्या इन्टरनेशनलले राजोपाध्यायलाई सो अवार्डबाट सम्मान गर्न लागेको हो । 


वरिष्ठ सरोदवादक तथा गायक राजोपाध्यायले आयोजक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सङ्गीत र साहित्यतर्फको सम्मानबाट यसपटक आफूलाई छनोट गरेको जानकारी दिए । 


यही असार २९ गते भारतको राजस्थानमा आयोजना हुने कार्यक्रममा राजोपाध्याय सम्मानित हुनेछ । 


उक्त कार्यक्रममा नेपालसहित भारत, माल्दिभ्स लगायतका देशबाट पनि सहभागिता हुनेछ । अन्तरराष्ट्रिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोदवादन कार्यक्रम पनि प्रस्तुत हुनेछ । 


सन २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारबाट समेत सम्मानित राजोपाध्यायले सन २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसक्नुभएको छ । 


नेपाल र भारत गरेर दर्जनौँ सरोदवादनका कार्यक्रम गरिसक्नुभएका उहाँ सन २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम भएका थिए । 


नेपालमा ‘शास्त्र सम्मान २०१८’, ‘सेभ दी नेशन अवार्ड’ लगायत थुप्रै पुरस्कारबाट सम्मानित उहाँका नेपाली र नेवारी गरेर चर्चित ‘पलपल’, ‘पानीसरी’, ‘त्यो रात’, ‘नसला’, ‘हसना’, ‘छन्हु’, ‘निन्हु’, ‘छगू’ ‘मतिना’ लगायतका क्यासेट तथा सिडी बजारमा पाइन्छन । जापानी भाषामासमेत गीत गाइसक्नुभएका उहाँका शास्त्रीय सङ्गीततर्फ ‘वन डे रागाज’, ‘सोलफूल म्युजिक फर मेडिटेसन’, भारतबाटै ‘सुरिल म्यूजिक इन २०१५’ प्रकाशित रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex