काठमाडौं । कलाकारहरुको लागि एम्स इन्टरनेशनले एम्स आर्टिस्ट फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
कलाकारहरूबीच फागुन २९ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने विहिवार आयोजित पत्रकार सम्मेलन जाननकारी दिएको थियो ।
प्रतियोगिता चन्द्रागिरी नगरपालिका वडा नं. ९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने एम्सका महासचिव राजेन्द्रकुमार महर्जन (राजी किपु)ले जानकारी दिए ।
काठमाडौं उपत्यकाभित्रका नेपाल भाषाका कलाकारहरूबीच हुने सो प्रतियोगितमा सहभागी हुन लागी एक हजार प्रवेश शुल्क तिर्नुपर्ने एम्सका अध्यक्ष सुरेन्द्र महर्जनले पत्रकार सम्मेलनमा बताएका छन ।
कोभिड– १९ को कारणले कुनै गतिविधिविना बसेको कलाकारहरुलाई रिफ्रेसमेन्टको लागि पनि यो मैत्रीपूण खेल हुने महासविच राजेन्द्रले आफ्नो भनाई राखेका थिए ।
कलाकारहरूको हकहित तथा व्यावसायिक कलाकारिता प्रबद्र्धनमा काम गर्दै आएको यो संस्थाले कलाक्षेत्रमा लागेकाहरुको आर्थिक, समाजिक, स्वास्थ्य क्षेत्रमा पनि सहकार्य गर्दै आएको छ ।
कलाकारहरूको स्वास्थ्यलाई मध्यनजर गरि बागबजारस्थित काठमाडौं अल्ट्रासाउन्ड क्लिनिकको उपचार खर्चमा ३० प्रतिशत आजिवन छुटको लागि सम्झौता गरिसकेको छ ।
फुटसल प्रतियोगिताको समापन कार्यक्रम चैत १४ गते कीर्तिपुरमा हुने आयोजकले जनाएको छ ।

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
Categorized in मनोरन्जन