३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कलंकी मालपोतका पूर्वनायव सुब्बाद्वारा सुसाईड नोट लेखेर आत्महत्या 


प्रकाशित: सोमबार, २७ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । कलंकी मालपोतका पूर्व नायब सुब्बा हरि आचार्यले सुसाईड नोट लेखेर आत्महत्या गरेका छन । 


भ्रष्टाचार मुद्दाका आरोपी आचार्यले आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका–९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन । 


सोही नगरपालिका १० वडा घर रहेका उनी काठमाडौंबाट शनिवार उदयपुर गएका थिए । 


प्रहरीका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिईरहेका आचार्यले लेखेको दुई पृष्ठ लामो ‘सुसाइड नोट’मा आफू निर्दाेष रहँदारहँदै भ्रष्टाचार मुद्दा लगाइएको उल्लेख गरेको छ । 


५५ वर्षीय आचार्यले ‘अख्तियार प्रमुख नवीन घिमिरेको दुई सय वर्ष आयु होस’ भनी सो सुससाईड नोटमा लेखिएको प्रहरीले सञ्चारमाध्यमहरुलाई बताएका छन । 


आचार्यले आफ्नो परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचार आरोप लाग्दा आत्महत्याको बाटो रोजेको उल्लेख गरेको छ । 


सुसाईड नोटमा आफू कसैको दुई रुपियाँसमेत नखाने मान्छेलाई भ्रष्टाचारी बनाउन खोजेको तर मलाई अख्तियार प्रमुख नवीनकुमार घिमिरेले भ्रष्टारी देखेर भन्दै बिलौना गरेको छ । 


९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको आरोपमा नायब सुब्बा आचार्यमाथि रहेको छ । 


अख्तियारले उनीसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 


यस अघि काठमाडौं बालाजुस्थित सपिङ सेन्टरको आठ तल्लाबाट हाम फालेर बालुटार जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले हाम फालेर आत्महत्या गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex