७ बैशाख २०८१, शुक्रबार
Header

कलंकीदेखि कोटेश्वरसम्म मुख्य लेनमा दुई दिन ४ घण्टा सवारी चलाउन रोक


प्रकाशित: बुधवार, १८ मंसिर २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । कलंकीदेखि कोटेश्वरसम्मका मुख्य लेनमा आगामी शुक्रवार र शनिवार चार घण्टा सवारी चलाउन रोक लगाउने भएको छ । 


ट्राफिक प्रहरीका अनुसार मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाएपनि दायाँ बायाँको सर्भिस लेनमा भने चलाउन पाईने छ ।


यी दुई दिन सो सडक खण्डमा साग खेलकुदको साइक्लिङ हुने भएकोले मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।


विहान ११ बजेदेखि ३ बजेसम्म सो सडक खण्डको मुख्य लेनमा सवारी चलाउन पाइने छैन । सो दिन सोही सडकखण्डमा सवारी नचलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सबैसँग आग्रह गरेको बुधवार सेतोपाटी अनलाईन डटकममा प्रकाशित समाचारमा उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD