२८ भाद्र २०८१, शुक्रबार
Header

कर बढेपछि वडा अध्यक्षहरुले उपप्रमख डंगोलसमक्ष राखे संशोधन प्रस्ताव


प्रकाशित: बुधवार, १९ भाद्र २०८१, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पती करमा बृद्धि गरेपछि वडा अध्यक्षहरुले पुरानै कर लागु गर्न संशोधन प्रस्ताव पेश गरेका छन ।


जनतालाई कर महंगो भएको र कर बढेको जानकारी पनि कर तिर्न गएपछि मात्र थहा भएको भन्दै जनगुनासो पछि वडाध्यक्षहरूले उपप्रमुख डंगोललाई भेटेर पुरानै दर कायम गरी राजस्व संकलन गर्ने व्यवस्था राख्न प्रस्ताव गरेका छन । 


कर बढेको विषयमा मंगलवारको कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले आफ्नो जानकारी र छलफलबिनै संशोधन गरी कार्यान्वयन गरेकोमा असन्तुष्टि समेत जनाएकी छिन ।

 
‘प्रमाणीकरणका लागि पठाएको आर्थिक ऐनको मस्यौदासम्पत्ति कर कसरी लिने र कसरी निर्धारण गर्ने भनेर प्रमाणीकरणका लागि पठाइएको थियो। हामी आफै अचम्मित हुने गरी ऐनमा फरक कुरा राखिएछ, यसमा को जिम्मेवार हुने ? उनले भनिन, वेबसाइटमा प्रकाशित भएको ऐन र पठाएको मस्यौदाका विषयवस्तु फरक हुन्छ भने त्यसबारे राजस्व परामर्श समितिसँग छफफल गर्नुपर्छ कि पर्दैन ?


महानगरको आर्थिक ऐन २०८१ ले मालपोतकै दरअनुसार सम्पत्ति कर संशोधन गरेको थियो । उप्रमुख डंगोल राजस्व समितिको संयोजक समेत हुन । 
 

asteriskhubs
Home Page Bottom Second


chunikhel ad
maharjan complex