४ बैशाख २०८१, मंगलबार
Header

कर नबुझाउने २० ठूला करदातालाई कर तिर्न महानगरको माईकिङ


प्रकाशित: बुधवार, १३ बुधवार, २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महागरपालिकाले घर जग्गा र सम्पती कर नबुझाउने २० ठुला करदातालाई कर तिर्न माइकिङ् सुरु गरेको छ । 


बुधवारबाट नगर प्रहरीको एक टोलीले करदाताको कार्यस्थलमै गएर कर तिर्न माईकिङ सुरु गरेको हो । असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । 


माइकिङ्सँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको छ ।


राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार पहिलो चरणमा नाम सार्वजनिक गरेका २० करदातामध्ये वडा ११ को एन. आर. टी. क्लव, वडा १३ को काठमाडौँ इञ्जिनियरिङ् कलेज, वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएका छन ।

 
राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले वडा ११ को एन. आर. टी. क्लव र युनाइटेड वल्र्ड टे«ेड सेन्टर, वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौँ इञ्जिनियरिङ् कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्ने र सूचना टाँस गरेको छ ।


महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल। आर। आइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् । 


यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि. र स्टार मल रहेका छन ।


यी ठुला करदाताबाट करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेको अधिकारीले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD