काठमाडौं । नेपाल विद्यार्थी संघले बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा आगजानी गरेको छ ।
क्याम्पसमा आफ्नो मान्छेलाई शिक्षक, कर्मचारी भर्ना गरेको भन्दै नेविसंघले तोडफोड र आगजानी गरेको हो ।
लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्रीको नेतृत्वमा विद्यार्थीहरु आगजनी र तोडफोडमा उत्रेको हो । उनीहरुले क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पियो गाडीमा समेत तोडफोड गरेका छन् ।
विद्यार्थीहरुले नयाँ नियुक्त गरिएका शिक्षक, कर्मचारीहरु नाताबाद, कृपाबाद र आसेपासे भएको बताएका छन । नेविसंघले तत्काल सो निर्णय नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
Categorized in समाज