८ जेठ २०८१, मंगलबार
Header

कर्ण सकारात्मक कोषको वेबसाइट र मोबाइल एप्स सार्वजनिक        


प्रकाशित: सोमबार, २ बैशाख २०७६, १८ः०० बजे
- विजयरत्न    

काठमाडौं । सोच, खोज, मोज जस्ता चर्चित पुस्तकका लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यको कर्ण सकारात्मक कोषको वेसाईट र मोवाईल एप्स आईतबार सार्वजनिक गरिएको छ । 


शाक्यले आफ्नो ७६ औं जन्म दिवशको अवसर पारेर एक कार्यक्रमविच  kpt.life  वेबसाईट र एप्स सार्वजनिक गरिएको हो । 


दुई बर्ष अघि स्थापना गरिएको सो कोषलाई डिजिटलाईज गरेको शाक्यले सो कार्यक्रममा बताएका थिए । 


कुनै पनि कुराको  बिकास चाहे त्यो सामाजिक होस वा आर्थिक विकासकोलागि सकारात्मक सोचको महत्वपूर्ण भूमिका हुने शाक्यको भनाईलाई अभियानको रुपमा अघि साँदै आएको छ । 


उनले आधा दर्जनभन्दा बढी मोटिभेशनल पुस्तकका लेखेका छन ।  


वेबसाइट डिजाइनर दिपेश शाक्यले वेबसाइट बारे प्रकाश पारेका थिए भने कर्ण सकारात्मक कोषया सदस्य अन्तिम गुरुङ, पुर्व  गभर्नर दिपेन्द्र पुरुष ढकाल लगायतले मन्तव्य पोखेका थिए । 


कोषका सदस्य सचिव गुणराज प्याकुरेलले संचालन गरेको सो कार्यक्रममा  कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले आफुले जीवन पछिको जीवनको खोजी गर्दै जाँदा सकारात्मक सोचको अभियानमा लागेको कुराको खुलासा गरे ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD