२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कर्णाली याक्स क्वालिफायर-२ मा


प्रकाशित: बुधवार, ३ पुस २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । कर्णाली  याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-२ मा प्रवेश गरेको छ । 


कणर्ालीले बुधबार चितवन राइनोजलाई २१ रनले पराजित गर्‍यो । विदेशी खेलाडीहरू जयकिशन कोल्शावाला, विलियम बोसिस्टो र चाडविक वाल्टनको उच्च प्रयासमा कर्णाली याक्स क्वालिफायर-२ मा पुगेको छ । 


रवि बोपाराले अर्धशतक बनाए पनि १ सय ७६ रनको लक्ष्य लिएर आएको चितवन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २० ओभर खेली ४ विकेट गुमाई १ सय ५४ रनमात्र बनाउन सक्यो । 


दिनको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टोलीले क्वालिफायर २ मा कर्णाली सँग खेल्ने छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex