काठमाडौं । कुसंककारको रुपमा देखिएको छाउपडी प्रथाको कारण कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीहरु अझै पनि छाउगोठमै बस्न बाध्य भएको एक तथ्यांकले देखाएको छ ।
एक्सनबक्र्स नेपाल संस्थाले सार्वजनिक तथ्यांक अनुसार ७७ प्रतिशत किशोरीहरु महिनावारी आर्थात ‘छुई’ भएपछि छाउगोठमा बस्ने गरेको छ भने २८ प्रतिशत किशोरीहरु महिनावारीकै कारण विद्यालय छाड्ने गरेको छ ।
छाउपडी उन्मुलन प्रथामा काम गर्ने संस्थाका कार्यक्रम संयोजक सोमराज जिसीले कुसंस्कार विरुद्ध जनचेतना जगाउने अभियान अन्र्गत गरिएको अध्ययनले कर्णाली प्रदेशका किशोरीहरुलाई समाज छाउगोठ बस्न बाध्य बनाएको बताए ।
अध्ययनले महिनावारी भएको समयमा घरभित्र बस्दा देउता रिसाउने सामाजिक प्रथाको डरले किशोरी अझै पनि छाउगोठमै बस्न बाध्य भएको हो ।
सार्वजनिक भएको तथ्याङ्कअनुसार कक्षा ६ देखि १२ सम्मका समूहका महिलाले नै छाउगोठमा बस्ने गरेका हुन । महिनावारी भएको समयमा ८५ प्रतिशत महिला दिदीबहिनीेले दहीदूध खान पाएका छैनन भने ९१ प्रतिशत महिलाले भान्सामा प्रवेश नपाएको अध्ययनले देखाएको छ । ५३ प्रतिशत महिलाले धार्मिक तथा सांस्कृतिक कारणले छाउबार्ने गरेका छन ।
Categorized in समाज