८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

करोडौ नक्कली नोट छाप्ने फिल्म निर्माता वाग्ले २५ लाख धरौटीमा छुटे


प्रकाशित: शुक्रकार, १८ साउन २०७५, २१ः२९ बजे
- महानगरखबर

काठमाडौँ  । चलचित्र ‘चंगा चेट’ को लागि करौडौ नक्कली नोट छापेको अभियोगमा पक्राउ परेका फिल्म निर्माता माधवराज वाग्ले २५ लाख धरौटीमा छुटेका छन् । 


जेठ २ मा पक्राउ परेका लुट फिल्मका निर्माता वाग्लेलाई पाटन उच्च अदालतको आदेशमा उक्त धरौटीमा रिहाई गरेको हो । 


त्यसैगरी वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा अदालतको आदेशपछि छोडिएको छ । 


सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र दीपक नापित भने एक–एक लाख धरौटीमा र साजन भुलुन साधारण तारेखमा छुटेका थिए ।


प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex