काठमाडौं । रङ्गहरुको उत्सवको रुपमा उल्लासको वातावरणमा मनाउँदै आईरहेको होलि पर्व नेपाली चलचित्रका कलाकारहरुको बीचमा पनि भव्य रुपमा मनाउने गरिंदै आएको छ ।
विगतका केही वर्षहरुदेखि फिल्म स्टारहरुको समुह मिलेर यस्ता खालका होलि मनाईदै आइरहेको छ भने विशेष गरेर एभरग्रीन स्टारको दर्जा पाएकी अभिनेत्री करिश्मा मानन्धरको निवास स्थान गोदावरीमा वर्षेनी यसरी होलि मनाइदै. आइरहेको छ ।
अभिनेत्री मानन्धरका पति विनोद मानन्धरको जन्म दिन पनि होलि कै दिन परेकोले यो दिनको उत्साह अझ उल्लेखनीय रहेको पाईन्छ भने यो दिन फिल्म स्टारहरुको जमघट मानन्धर दम्पत्तिको घरमा उल्लेखनीय रुपमा रहँदै आएको छ ।
तर यो वर्ष भने करिश्मा मानन्धरले होलि उत्सव नगर्ने भएकी छिन् । यो कुराको जानकारी दिन उनले फेसबुक मार्फत आफ्ना साथीभाई सबैलाई सुचना पठाएकी छिन् भने यसपालि अचानक यसरी होलि उत्सव आफ्नो घरमा गर्न नपाउँदा आफु दुखी भएको पनि खुलाएकी छिन् तर होलि नमनाउने कारणबारे भने केही खुलाएकी छैनन् ।
तर उनका निकट सुत्रले बताए अनुसार यस पालिको एस इ इ परिक्षा यही चैत्रको पहिलो हप्ताबाट शुरु हुने भएको करिश्माले त्यो परिक्षामा भाग लिन तयारी गरी रहेकोले गर्दा आफ्नो पढाइमा असर नपरोस भनेर यसरी यो वर्ष यो होलिको उत्सव नगर्ने निर्णय गरेको कुरा खुलेको छ ।
उनले यसबारे केही पनि औपचारिक जानकारी गराएकी छैनन् । जे भएपनि यो वर्ष करिश्मा मानन्धरको घरमा होलि नमनाइने खबरले घेरैले नरमाइलो महसुस गरेका छन् ।
Categorized in मनोरन्जन