३ आषाढ २०८२, मंगलबार
Header

कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिकलाई भव्य स्वागत


प्रकाशित: मंगलवार, ८ असोज २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ ।


मंगलवार स्वदेश फर्किएकी एरिकालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो ।


उनी ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।


उनलाई स्वगत गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex