१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

करणी प्रयास आरोपमा बुढानिलकण्ठबाट सुरक्षा गार्ड पक्राउ


प्रकाशित: आईतबार, २६ माघ २०७६, १८ः०० बज
- महानगरखबर

काठमाडौं । करणी प्रयास आरोपमा काठमाडौंको बुढानीलकण्ठबाट एक सुरक्षा गार्ड पक्राउ परेका छन । 


बुढानिलकण्ठ नगरपालिका ६ मा रहेको हाम्रो फेलोसिप पुनस्र्थापना केन्द्रका सुरक्षा गार्ड २५ वर्षीय विशाल भन्ने रमेशप्रसाद वाग्ले पक्राउ परेको प्रहरीले जनाएको छ । 


प्रहरीले करणी उद्योगको आरोपमा वाग्लेलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएो जनाएकोक छ ।


प्रहरीका अनुसार आरोपी वाग्लेले पुनर्सथापना केन्द्रका उउपचारका लागि आएकी युवतीलाई एकान्तमा बोलाई सम्झाउने बाहनामा अश्लिल हर्कत गर्ने, संवेदनशील अंग समाई पीडित बनाउने गरेको उजुरीमा उल्लेख छ ।


नुवाकोट बेलकोटगढी नगरपालिका १२ घर भएका वाग्लेलाई प्रहरलिे आईतबार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex