१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

कमेडियन अपूर्वलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति 


प्रकाशित: बुधवार, १५ भाद्र २०७९, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । नेवार समुदायको मजाक बनाउने कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ ।


सिंह अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका उनलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा रहेको सामाजिक रीतिथितिमा खलल पार्न नहुने कसूरअन्तर्गत कानुनी प्रक्रियाि अघि बढाएको छ ।


नेवार समुदायको भाषा, संस्कृति, खानपान, चेलीबेटी लगायतका विषयमा बनाएको प्रहशनले समुदायको मानमर्दनमा गहिरो चोट पुराएपछि नेवाः समुदायले चर्को विरोध गरेको छ । 


विरोधपछि कमेडियन सिंहले माफी मागेपनि समुदायका अभियान्ताले माफी योग्य नभएको भन्दै विरोध कायमै राखेपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा आएर आत्मसमर्पण गरेका छन । 


अभियान्ताहरुले सो भिडियो सार्वजनिक भएलगतै सिंहलाई पक्राउ गर्नु पर्ने भन्दै प्रहरीमा उजुरी गरेका थिए । 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex