४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कमला नदीमा बेपत्ता भएको २ बालकको शव भेटियो


प्रकाशित: मंगलबार, १२ भाद्र २०७५, ०९ः११ बजे
- महानगरखबर

काठमाडौं । सिरहाको कमला नदीमा आईतबार डुवेर वेपत्ता भएको २ बालकको शव भेटिएको छ । 


प्रहरीले सोमबार गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको प्रहरीले जनाएको छ । 

\
यस अघि सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो ।


सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका थिए । 


नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले महराको शव भारतीय सीमा क्षेत्रको बजार जयनगर नजिक भेटाएका थिए भने राउतको कर्जन्हा नगरपालिका–७ कमला नदी किनारमा फेला पारेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex