काठमाडौं । कमलादीमा भासिएको सडक पुननिर्माणपछि सञ्चालनमा आएको छ ।
विहिवार सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक सञ्चालनमा ल्याएको सडक विभागले जनाएको छ ।
सडकमा ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको हो । साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द भएको थियो ।
सडक भासिनुपुर्व एकतर्फी बनाइएको यो सडक अब सुचारू भएसँगै ट्राफिक एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।
सडक सञ्चालनसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुदैं घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।
Categorized in स्थानिय