काठमाडौं । नेकपमा माओवादी केन्द्रको काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन सुरु भएको छ ।
आईतवार दिउँसो ३ बजेबाट महाधिवेशन सुरु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उद्धघाटन गरेका थिए ।
उद्धघाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजावादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा मालेका सिपी मैनाली लगायत विभिन्न राजनीतिक दलका नेताहरु महाधिवेशनमा सहभागी भएका थिए ।
माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भने पनि अन्तिम समयमा आएर उक्त सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको थियो ।
माओवादीको महाधिवेशन आजबाट सुरू भएर पुस १३ गतेसम्म चल्ने जनाएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर




Categorized in राष्ट्रिय