१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कमलादीमा गएराती स्कुटर दुर्घट्नामा एक युवतीको मृत्यु


प्रकाशित: विहिवार, ८ साउन २०८२, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन नजिकै गएराति १ः१५ बजे स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । 


बागमती प्रदेश ०२–०३४ प ३४५८ नम्बरको स्कुटर दुर्घटनामा परेकी युवतीको नाम समीक्षा रिजाल रहेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृत्यु हुने समीक्षा रिजाल उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएकी हुन् र हाल काठमाडौंको बनस्थलीमा बस्दै आएकी थिइन ।


दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । 


उपचारका क्रममा राति २ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरी घटनाको थप विवरण संकलन गरिरहेको छ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex