४ जेठ २०८१, शुक्रबार
Header

कमलाक्षीदेखि हनुमानढोका सम्म ‘महसुस यात्रा’ !


प्रकाशित: शुक्रवार, २३ मंसिर २०७९, २०ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कमलाक्षीदेखि हनुमानढोकासम्म महसुस यात्रा (न्यासी वने नुु) गरिएको छ ।


मंसिर २९ गते हुन गईरहेको २८ औं महानगरदिवसको अवसरमा आयोजित यात्रामा महानगरवासीहरुको उल्लेखिय सहभागिता रहेको थियो । 


यात्रामा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (वालेन), महानगर प्रवक्ता एंव १७ वडा अध्यक्ष नविन मानन्धर, २७ वडा अध्यक्ष योगेन्द्र खड्गी, संस्कृति पर्यटन समितिका संयोजक तथा ८ वडा अध्यक्ष आशमान संगत लगायतका महानगरका कर्मचारी लगायतको उपस्थितमा कमलादेखि यात्रा सुरु गरिएको थियो । 


महानगर प्रवक्ता मानन्धरका अनुसार यस किसिमको यात्राले सम्पदा संरक्षण, मर्मत सम्भार तथा व्यवस्थापनका लागि पृष्ठपोषण दिने बताए । 


उनले सम्पदा क्षेत्रमा हिँड्ने यात्रीले मठमन्दिर, डवली, चोक र गल्लीलाई कुरा बुझ्छन ? राजनीतिक, सांस्कृतिक तथा पुरातात्विक महत्व भएका भौतिक संरचनालाई कसरी महसुस गर्छन ? ती सम्पदासँग जोडिएका कथा, किंवदन्ती र इतिहासलाई कुन स्वरुप भेट्छन, थाहा पाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 


महसुस यात्राको सुरु विन्दुमा रुटमा पर्ने स्थानको विवरण र संक्षिप्त चिनारी दिइन्छ । यसपछि व्यक्तिहरु एक्ला एक्लै यात्रा गरेर महसुस गर्नुपर्छ । आजको परिचयात्मक कार्यक्रम भएकोले सुरु विन्दुदेखि अन्तिम विन्दुसम्म सहभागीहरु समूहमा हिँडेका हुन । 


वडा २७ का अध्यक्ष योगेन्द्र खड्गीले काठमाडौँको भित्री सहरमा भएका भौतिक संरचनासँग सामाजिक जीवनको आत्मीय सम्बन्ध छ । यो सम्बन्धलाई यात्रामा हिँड्नेले पञ्चेन्द्रियबाट महसुस गर्नुपर्ने बताए ।

 
यात्रामा सहभागीहरुले भिडियो निर्माण गर्नु हुनेछ । यसरी निर्माण गरिएको भिडियोमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक श्रृजु प्रधानले बताए  ।


भित्री सहरी क्षेत्रको सामाजिक व्यवस्था, परम्परागत बजार, भवनहरुको निर्माण ढाँचालाई गहिरो रुपमा महसुस गर्न सकिने यात्रामा सहभागीहरुको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD