३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कमलपोखरी र गौरीघाटमा पनि चोरीको समान राख्ने फ्ल्याट भेटियो


प्रकाशित: आईतबार, ३ चैत्र ११ः३० बजे
- महानगरखबर

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा चोरी गरी चोरीको समान राख्नको लागि थप २ स्थानमा प्रहरीले फ्ल्याट फेला परोको छ । 


महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँको कमलपोखरी र गैरीधारमा दुइवटा घरमा फ्ल्याट भाडामा लिएर चोरीको सामान स्टोर गरेको भेटिएको छ । 


गिरोह बनाएर उपत्यकाभित्र चोरी गर्ने एउटा गिरोहलाई समातेको साता नवित्दै प्रहरीले फेरी समान स्टोर गर्ने यी २ ठाउँ भेटाएका हुन । 


प्रहरीले गत शुक्रबार प्रहीले रामेछाप सुनापति गाउँपालिका घर भएका ओमराज श्रेष्ठ, भारतको मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोदारलाई सार्वजनिक गरेको थियो । 


उनीहरूले चोरी गरेर राखेको थप सामान प्रहरीले शनिबार बरामद गरेको जनाएको छ ।

 
लामो समयदेखि लाखौँको सामान चोरी गरेको उनीहरुबाट अहिले खुल्दै प्रहरीको भनाई छ । 


प्रहरीका अनुसार पछिल्लो समय बरामद गरेको चोरीको सामान एक करोडभन्दा बढीको हुनसक्ने अनुमान गरेको छ ।


यसअघि काठमाडौँको पुरानो वानेश्वरमा उत्तम कृष्ण कर्माचार्यको घरमा ३ वटा कोठा भाडामा लिएको खुलेको थियो । 


गिरोहले चोरी भएको सामान गाडीमा राखेर घरमा ल्याएर राखिने गरिएको छ । विगत चार वर्षदेखि कोठामा भाडामा लिएर चोरीको सामान स्टोर गर्ने गरेको खुलेको हो ।


भारतीय नागरिक पारसप्रसाद चोरी गिरोहका मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । 


प्रहरीले चोरीमा प्रयोग भएको बा १ ज ११९२ नम्बरको ट्याक्सी, बा १४ च ७२६९ नम्बरको मारुती भ्यान र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरूको भएको यस अघि बताएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex