काठमाडौं । ऐतिहासिक कमलपोखरी पुननिर्माण र सौन्दर्यकरणको काम सम्पन्न भएको छ ।
भोली (बुधवार) बेलुका एक कार्यक्रमविच काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको उद्घाटन कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।
यस अघि महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कमलपोखरीमा ९ वटा चैत्यको विधिवतरुपमा प्रतिस्थापन गरिएको छ ।
कमलपोखरी पर्यटकीय स्थल हुने प्रमुख शाक्यले दावी गरेका छन । आकाशे पानी संकन र पुनभरण तथा पानी शुद्धिकरण गर्ने योजनासहित पोखरीको पुननिर्माण भएको हो ।
पहिला बेबारिसे र फोहोर जमेको पाखरी अब परम्परागत, सांस्कृतिक र पर्यकटीय स्थल हुने प्रमुख शाक्यको भनाई छ ।
प्रमुख शाक्यले कमलपोखरीजस्तै महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरुको संरक्षण र प्रवर्धन गर्ने बताउँदै यसका लागि संघीय र प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग लामो छलफल र परामर्श गरिएको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरुप पुननिर्माण भएको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताएका छन ।
पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको पोखरी बास्तुशास्त्रमा आधारित छ । परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुर्ननिर्माण गरिएको हो ।
पोखरी निर्माणमा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग गरिएको छ । विभिन्न ठाउँमा चैत्य र ५ ओटा मकरधारा छन । पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिइएको छ ।
पोखरी पुननिर्माणको काम कँडेल निर्माण सेवा कम्पनीले गरको हो । यसका लागि भक्तपुर र ललितपुरको बुङमतीबाट अनुभवी कामदारको सीप प्रयोग गरिएको छ ।
Categorized in सम्पदा/संस्कृति