७ बैशाख २०८१, शुक्रबार
Header

कमलपोखरी पुननिर्माण रोक्न पुरातत्व विभागले पत्रचार गरेको छैन – प्रमुख शाक्य 


प्रकाशित: बुधवार, ७ माघ २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौँ । कमलपोखरी पुननिर्माणको काम रोक्न भनेर पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई कुनै पत्रचार नगरेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले स्पष्ट पारेका छन । 


प्रमुख शाक्यले बुधवार महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्ने क्रममा सो कुरा बताउँदे शाक्यले भने,‘ पुरातत्वले हामीलाई काम रोक्नु भनेर आदेश नदिएको जानकारी गराउन चाहन्छु । उहाँहरुले त्यहाँको बारेमा आएको समाचारका सन्दर्भमा सामान्य ध्यानाकर्षण चाँहि गराउनु भएको हो,’ उनल भने, ‘तर, त्यहि कुरा पनि एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वय नै नगरी सञ्चारमाध्ययममा प्रचार गर्ने कुरा गलत छ । पुरातत्वले पत्र हामीलाई पठाएर हामीसँग समन्वय गर्ने हो । हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ । त्यसैले हामी उहाँहरुलाई त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदै छौँ ।’ 


कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर आफूहरुले तयार पारेको ड्रोइङ–डिजाइन, हामीले गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी दिने  बताए । 


शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाएको पनि स्मरण गराएका थिए । बास्तुविदहरुसँग पनि हामीले पटक–पटक छलफल गरेर उनीहरुको सुझाव अनुसार नै काम अघि बढाएका प्रमुख शाक्यले भने, ‘पुर्ननिर्माणको काम अहिलेसम्म सकिसक्नु पर्ने हो । हामीले ठेकेदार कम्पनीलाई पनि पटक–पटक ताकेता दिएर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका थियौँ । तर, अहिले विभिन्न खाले आरोप लगाएर अवरोध गर्ने काम भएको छ । यसमा हाम्रो पनि ध्यानाकर्षण भएको छ ।’ 


अहिले विभिन्न सञ्चारमाध्यममा कमलपोखरी मिचियो, त्यहाँ कंक्रिटको प्रयोग गरेर सम्पदा मास्ने काम भयो भन्ने जस्ता समाचार आइरहेको भन्दै सञ्चारमाध्ययममा आए जस्तो कमलपोखरीको जमिन एक इन्च पनि नमिचिएको प्रमुख शाक्यले दावी गरेका छन । पुर्ननिर्माणकै क्रममा करीब पाँच रोपनी क्षेत्रफलमा रहेको महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई अन्यन्त्र सार्दा कमलपोखरी आसपासको क्षेत्र स्वतः बढेको छ ।


सम्पदा मासेर कंक्रिट प्रयोग भयो भनेर प्रचारप्रति प्रमुख शाक्यले ध्यानाकर्षण भएको बताउँदे भने ‘त्यहाँ त्यस्तो प्रचार गरे जस्तो छैन ।  हामीले त्यहाँ चार कुनामा मौलिकता झल्किने गरी सम्पदाको पनि संरक्षण गर्दै कला र संस्कृतिलाई जोड्ने गरी चार वटा मण्डप बनाउन खोजेका छौँ । त्यहाँ पनि महानगरपालिकाले सम्पदा मास्यो भनेर प्रचार गरिएको छ।’


उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि आफु काम रोक्नुर्पछ भन्ने पक्षमा नरहेको भन्दै समाधानको उपाय खोजी अघि बढ्नु पर्नेमा जोड दिएकी छिन । 


‘पोखरी बनाउनुपर्छ भन्नेमा मेरो कुनै असहमती छैन,खड्गीले भनिन, ‘म प्राविधिक मान्छे होइन । त्यसैले त्यहाँका बारेमा विभिन्न खाले समाचार आएपछि र त्यहाँ आन्दोलन गर्ने साथीहरुले भेट्ने भनेपछि मैले भेट गरेको हो । उहाँहरुले भेटेर विज्ञप्ति दिनुभएको छ ।’
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD