७ बैशाख २०८१, शुक्रबार
Header

कमलपोखरी पुननिर्माणको शिलान्यास, व्यायामलगायत खेलकुद पार्क पनि हुने


प्रकाशित: विहिवार, १९ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । ऐतिहासिक कमलपोखरी पुननिर्माणको विहिवार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ र वडाअध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गरेका छन । 


स्थानीयको रेखदेखमा संरक्षण भईरहेको कमलपोखरी पुननिर्माणको लागि स्थानीयनै सचेत हुनुपर्ने वक्ताहरुले बताएका छन । 


पैतिस रोपनी ७ आना १ पैसा क्षेत्रफल ओगेटोको कमलपोखरी पुननिर्माणमा महानगरले कमलपोखरी संरक्षणमा योगदान पुराएका सबैलाई धन्यावाद दिँदै प्रमुख शाक्यले अब कमलपोखरीलाई जिवन्त बनाउन फेरि सबैको साथ सहयोगको आवश्यक रहेको बताए ।

 
प्रमुख शाक्यले पोखरीलाई व्यवस्थित बनाउन कमलपोखरीको क्षेत्रमा रहेको प्रहरी कार्यलय सार्ने बताए । उनले सम्पदा पुननिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा आफ्नो ध्यान गएको उल्लेख गरे । 


अब बन्ने कमलपोखरीमा बन्ने पार्क अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोर हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना—साना पोखरी बनाइनेछन ।


त्यसैगरी आगन्तुकलाई बस्नका लागि चौताराहरु पनि निर्माण गरिनुका साथै पोखरीको पूर्वतर्फबाट ६० मिटरसम्म भित्र पानीतर्फ जान मिल्ने संरचना हुनेछ । वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ । 


खुल्ला व्यायाम गर्ने ठाउँ, व्याटमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मुल गेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेश द्वार निर्माण गरिने जानकारी दिएको थियो । 


२०७७ असार १५ गतेभित्र निर्माणका गरिसक्नु पर्ने गरी पुननिर्माण तथा सौन्दर्यीकरणको काम धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पाएको छ । 


तर यसको पुननिर्माण भने ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरिएको छ । 


कार्यक्रममा नेपाली कांग्रेसका सांसद गगन थापा, प्रदेश सभा सदस्य नरोत्तम बैद्य, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतलगायतले मन्तव्य राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD